Kathmandu Press

पहिरोमा परी चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु

निरन्तरको वर्षापछि बिहीबार राति रेक्की ध्यान केन्द्रमा गएको पहिरोले पुरिँदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको हो।
पहिरोमा परी चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं, असोज २१ : काठमाडौंको चन्द्रागिरिमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

निरन्तरको वर्षापछि बिहीबार राति रेक्की ध्यान केन्द्रमा गएको पहिरोले पुरिँदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको हो।

मृत्यु भएका तीनै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा रहेको रिक्की ध्यान केन्द्र पुरिएको थियो ।

सुरक्षाकर्मीले डोजरले खनेर उनीहरुको शव निकालेका थिए।

प्रकाशित मिति: ११:२२ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्