Kathmandu Press

पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो 

पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो 

चितवन, असोज २१ : अविरल वर्षाका कारण पटकपटक खसेको पहिरोले अवरूद्ध नारायणघाट–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार केराबारीको पहिरो ५ बजेर ५० मिनेटमा हटाइएको थियो भने १८ किलोको पहिरो ६ बजेर २० मिनेटमा हटाएर बाटो खुलाइएको हो। १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो।

यसअघि बिहीबार बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरूद्ध भएको थियो।

नारायणगढ मुग्लिन सडक खण्डमा यस वर्ष मात्रै दुई दर्जनभन्दा बढीपटक पहिरो खसेर सडक अवरूद्ध भएको छ।

प्रकाशित मिति: १०:५९ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्