Kathmandu Press

उम्मेदवार बन्ने सोच्दै हुनुहुन्छ ? यस्तो योग्यता चाहिन्छ

विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न योग्य नहुने आयोगले उल्लेख गरेको छ।
उम्मेदवार बन्ने सोच्दै हुनुहुन्छ ? यस्तो योग्यता चाहिन्छ

काठमाडौं, असोज २१ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहिने योग्यता तोकेको छ। अयोगले के के पुरा गरे उम्मेदवार बन्न योग्य र अयोग्यो हुन्छ भन्ने सूची सँगसँगै सार्वजनिक गरेको छ।

विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न योग्य नहुने आयोगले उल्लेख गरेको छ।

उम्मेदवार बन्ने सर्वप्रथम सुरुमा नेपाली नागरिक हुनुपर्ने छ। त्यसपछि प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आयोगले जनाएकोछ।

Hardik ivf

उम्मेदवार बन्न २५ वर्ष उमेर पुगेको हुनुपर्ने छ भने कुनै लाभको पद बहाल नरहेको हुनुपर्छ। यस्तै, कुनै पनि संघीय कानुनले अयोग्य नभएको हुनुपर्ने छ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने आयोगले जनाएको छ ।

त्यस्तै, निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेकोु व्यक्ति पनि उम्मेदवार बन्न पाउने छैनन्।

यस्तै, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुनेछन् ।

मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजूरी दिन सकिने आयोगले जनाएको छ।  

यसरी उजुरी परेको मनोनयनपत्र र दर्ता भएका मनोनयनपत्र जाँच गर्दा कानुनबमोजिम उम्मेदवार हुनका लागि आवश्यक योग्यता पूरा नगरेको र अयोग्यता रहेको भएमा सम्बन्धित निर्वाचन अधिकृतबाट त्यस्तो उम्मेदवारी बदर हुनेछ ।

प्रकाशित मिति: ०८:१० बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्