दिल्लीमा विद्यालयको शौचालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको र पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको ट्विटरमा उल्लेख गरेकी छिन्।
नयाँ दिल्ली, असाेज २१ : दिल्लीको एक विद्यालयको शौचालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।
११ वर्षीया बालिकामाथिको सामूहिक बलात्कारपछि दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गरेकी छन् ।
स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको र पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको ट्विटरमा उल्लेख गरेकी छिन्।
बालिकालाई विद्यालयका दुई सिनियर विद्यार्थीले नै बलात्कार गरेको आरोप छ ।
यस विषयमा केन्द्रीय विद्यालय संगठनको क्षेत्रीय कार्यालयले पनि छानबिन गर्ने जनाएको छ । दिल्ली प्रहरीले यस घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको जनाएको छ।
प्रकाशित मिति: ०७:५८ बजे, शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)

-1786106234.jpg)