Kathmandu Press

लागतारको वर्षापछि बाँके डुबानमा, ८० बढी परिवार विस्थापित

डुबानमा परेको सो बस्तीका ८० घर परिवारका अढाइ सय स्थानीयलाई नजिकैको आश्रय स्थलमा राखिएको छ।
लागतारको वर्षापछि बाँके डुबानमा, ८० बढी परिवार विस्थापित

बाँके, असोज २१ : लगातारको वर्षापछि बाँकेको राप्ती नदी आसपासका बस्ती डुबानमा परेका छन्। बाँकेको राप्ती नदी तटीय क्षेत्रमा रहेको डुडुवा गाउँपालिका १ को चौफेरी बस्तीका ८० परिवार विस्थापित भएका छन्।

डुबानमा परेको सो बस्तीका ८० घर परिवारका अढाइ सय  स्थानीयलाई नजिकैको आश्रय स्थलमा राखिएको छ।

राप्ती नदी र डुडुवा नालाको बीचमापर्ने चौफेरि गाउँ नदी र नालामा आएको बाढीले घेरिएको हो । ढुवान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । कच्ची घरहरु भत्कन थालेका छन् । बिस्थापितहरु गाँस बासको समस्यामा छन् ।

यसै क्रममा बाँकेको नरैनापुरका विभिन्न क्षेत्र पनि जलमग्न भएका छन् । नरैनापुरको बनिया गाँउ, घोडदौरिया, जमुनहा, र दोधदरा बस्ती जलमग्न भएको प्रहरीले जनाएको छ ।

घोडदौरीया गाउँका १० वटा घर भत्केका छन् । घर भित्र बस्न नसक्ने भएपछि प्रभावित बासिन्दाले सरसामान सार्न थालेका छन । कतिपय पाल टाँगेर बसेका छन् ।

प्रकाशित मिति: ०७:५३ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्