Kathmandu Press

जसपाले एमालेसँग गटबन्धन गरेपछि बाबुरामले भने- नेपाली राजनीति पातालतिर धसिँदा दुःख लाग्यो

जसपाले एमालेसँग गठबन्धन गरेलगत्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले चुनाव नजिकिएको बेला नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद् भएको बताएका छन् ।
जसपाले एमालेसँग गटबन्धन गरेपछि बाबुरामले भने- नेपाली राजनीति पातालतिर धसिँदा दुःख लाग्यो

काठमाडाैं, असाेज २१ : प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सम्मुखमा जनता समाजवादी पार्टीले सत्तारुढ पाँच दलीय गठबन्धन छाड्दै नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय गरेपछि यसलाई डा.बाबुराम भट्टराईलाई दुःखी बनाएको छ।

जसपाले एमालेसँग गठबन्धन गरेलगत्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले चुनाव नजिकिएको बेला नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद् भएको बताएका छन् ।

भट्टराईले घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिक व्यापार भएको बताएका छन् ।

‘चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद् छ। एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो, यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं,’ उनले ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति: ०७:४१ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्