Kathmandu Press

गोरखा, धादिङ, कैलाली, कञ्चनपुरलगायत दर्जनबढी जिल्लामा भारी वर्षा, पहिरोको उच्च जोखिम

बिहीबारदेखि नै लगातार रुपमा भारी वर्षा भएपछि यी क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम भएको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
गोरखा, धादिङ, कैलाली, कञ्चनपुरलगायत दर्जनबढी जिल्लामा भारी वर्षा, पहिरोको उच्च जोखिम

काठमाडाैं, असाेज २१ : गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

बिहीबारदेखि नै लगातार रुपमा भारी वर्षा भएपछि यी क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम भएको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, भेरी नदीमा जलसतह खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, बबई जलाधारको रानीजरूवा, रम्बापुर र बर्दियाको केही ठाउँमा ठूलो वर्षा भएको छ ।

चेपाङमा सतह केही घट्दो छ र थप वर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने, खतरा भन्दा माथि नै हुने, बर्दियाको डुबान हुने जोखिम रहेकाले सुरक्षित रहन भनिएको छ ।

प्रकाशित मिति: ०६:४७ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्