Kathmandu Press

जसपाले छाड्यो सत्ता गठबन्धन, एमालेसँग चुनावी तालमेल गर्ने

बिहीबार सत्ता गठबन्धन र एमलो दुवैसँग छलफल गरेको जसपाले बिहीबार राति अवेर एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो।
जसपाले छाड्यो सत्ता गठबन्धन, एमालेसँग चुनावी तालमेल गर्ने

काठमाडौं, असोज २१ : जनता समाजवादी पार्टीले सत्ता रुढ पाँच दलीय गठबन्धन छाडेको छ। मंसिर ४ मा हुने संघीय निर्वाचनको सिट बाँडफाँडमा सुरुआतदेखि नै असहमति जनाउँदै आएको जसपाले कुरा नमिल्ने देखेपछि गठबन्धन छाडेको हो।

सत्ता गठबन्धनका दलले प्रत्यक्ष निर्वाचनमा थोरै सिट दिने भएपछि जसपाले पाँच दलीय गठबन्धन छाड्दै एमालेसँग चुनावी तालमेल गर्ने भएको छ।

बिहीबार सत्ता गठबन्धन र एमलो दुवैसँग छलफल गरेको जसपाले बिहीबार राति अवेर एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

तालमेलपछि मधेस प्रदेशमा जसपाले बहुमत सिट पाउने छ। त्यसवाहेक लुम्बिनी र प्रदेश १ का केही सिट पनि उसले पाउनेछ । यस्तै, केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको दुई दलले बताएका छन् ।

यसअघि कम सिट पाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा पाँच दलको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गर्न बालकोट पुगेका थिए  । गठबन्धनमा जसपालाई प्रतिनिधिसभामा १६ सिट दिने तयारी थियो ।

प्रकाशित मिति: ०६:३७ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्