सत्ता गठबन्धन र एमाले दुवैसँग छलफल गर्दै जसपा
स्थानीय निर्वाचन सत्तारुढ गठबन्धसँगै गठनबन्धन गरेको लडेको जसपाले संघीय निर्वाचनमा सिट बाँटफाँड मिल्न नसकेपछि पाँच दलीय गठबन्धन र नेकपा एमाले दुवैसँग छलफल थालेको हो।
काठमाडाैं, असाेज २० : सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले आगामी निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले दुवैसँग छलफल गरिरहेको छ।
स्थानीय निर्वाचन सत्तारुढ गठबन्धसँगै गठनबन्धन गरेको लडेको जसपाले संघीय निर्वाचनमा सिट बाँटफाँड मिल्न नसकेपछि पाँच दलीय गठबन्धन र नेकपा एमाले दुवैसँग छलफल थालेको हो।
सिट बाँडफाँट बिहीबार विहानैदेखि बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन बसेका छन् भन् अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग बालकोटमा छलफलमा छन् ।
सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरेको थियो । त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।
जसपा नेताहरका अनुसार सत्ता गठबन्धन फुटाउने शर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार देखिएको छ ।

-1786106234.jpg)




-1786106234.jpg)




