Kathmandu Press

समानुपातिक बन्द सूचीबाट २९ जनाले फिर्ता लिए नाम

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन्।
समानुपातिक बन्द सूचीबाट २९ जनाले फिर्ता लिए नाम

काठमाडौं, असोज २० : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन्।

असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिन सकिने भनिएको थियो।

उक्त प्रणालीका लागि निर्वाचन आयोगद्वारा तोकिएका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ नौ र प्रदेशसभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन्।

फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेस, नेकपा ओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका, पुनःजागरण पार्टीका र राष्ट्रिय नागरिक पार्टीका छन्।

उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले असोज १७ गते नै जानकारी दिइसकेको छ।

असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गर्न सयम दिइएको छ।

प्रकाशित मिति: १७:५० बजे, बिहीबार, असोज २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्