Kathmandu Press

बन्दसूची संशोधनमा शेखर समूहको सन्तुष्टी

बिहीबार अनुपम फुडल्याण्डमा बसेको शेखर समूहका नेताहरुको बैठकले आफूहरुको खबरदारीका कारण लाभ प्राप्त भएको ठहर गर्दै आंशिक सन्तुष्टि जनाएको छ ।
बन्दसूची संशोधनमा शेखर समूहको सन्तुष्टी

काठमाडाैं, असाेज २० : आसन्न संघीय निर्वाचनको समानुपातिकको बन्दसूची संशोधनमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले आंशिक सन्तुष्टि जनाएको छ ।

बिहीबार अनुपम फुडल्याण्डमा बसेको शेखर समूहका नेताहरुको बैठकले आफूहरुको खबरदारीका कारण लाभ प्राप्त भएको ठहर गर्दै आंशिक सन्तुष्टि जनाएको छ ।

साथै प्रत्यक्षतर्फ टिकट वितरणलाई पनि न्यायोचित बनाउन खबरदारी गरिराख्नु निर्णय गरेको छ ।

बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको थियो ।

प्रारम्भीक सूचीमा ११० जनामध्ये १३ जना मात्र शेखर समूहको थिए, जसमध्ये ८ जनाको सांसद बन्ने सम्भावना थिए संशोधित सूचीमा भने शेखर समूहको थप नाम परेको छ ।

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, असोज २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्