Kathmandu Press

बबई किनारमा तीन वटा शव भेटिए

बबई किनारमा तीन वटा शव भेटिए

दाङ, असोज २० : तुलसीपुर उपमहानगरपालिका ११ बगरपुरको बबई नदीको किनारमा तीन वटा शव भेटिएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार गाडिएका पुराना शवहरू बाढीका कारण निक्लिएर किनारमा आएको हो।

किनारामा आएका शव आफन्तलाई खोजेर सुरक्षित स्थानमा गाड्न लगाउने प्रहरीले जनाएको छ।

सुरूमा स्थानीयले ती शबहरु बाढीले कतैबाट बगाएर ल्याएको हुन सक्ने आशंका गरेका थिए।

प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, असोज २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्