Kathmandu Press

अमलेखगञ्जमा बस दुर्घटना, १५ जनाको मृत्यु

नारायणघाटबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बस अमलेखगञ्जमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।
अमलेखगञ्जमा बस दुर्घटना, १५ जनाको मृत्यु

बारा, असोज २० : बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटना भएको छ। नारायणघाटबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बस अमलेखगञ्जमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइतेहरूलाई हेटौंडा र चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ।

चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, असोज २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्