सन्दीपलाई गौशाला प्रहरी वृत्तमा लगियो
लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच हुनेछ ।
काठमाडाैं, असाेज २० : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ।
बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरिएको थियो।
लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच हुनेछ ।
अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ।
सन्दीपविरुद्ध भदौ २१ मा एक नाबालिकाले आफूलाई एक होटलमा लगेर पटक पटक बलात्कार गरेको आरोपसहित प्रहरीमा टिकानी जाहेरी दिएकी थिइन्।
त्यसपछि सन्दीपविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस पनि जारी गरेको थियो।
प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




