Kathmandu Press

भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण

मौसमको खराबीका कारण काठमाडौं विमानस्थलमा एयर ट्राफिक जाम भएपछि बुद्ध एयरको विमान जनकपुर विमानस्थलमा अवतरण गरिएको हो।
भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण

काठमाडाैं, असाेज १९ : भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण गरिएको छ।

मौसमको खराबीका कारण काठमाडौं विमानस्थलमा एयर ट्राफिक जाम भएपछि बुद्ध एयरको विमान जनकपुर विमानस्थलमा अवतरण गरिएको हो।

बिहान सवा ६ बजे उड्नु पर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौंका लागि उडेको थियो।

खराब मौसमका कारण जनकपुरमा १ घण्टा होल्ड गरेपछि यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको थियो।

प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, असोज २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्