Kathmandu Press

विमानस्थलबाटै पक्राउ परे सन्दीप

आजै सन्दीपले सामाजिक सञ्जालमार्फत आफू स्वदेश फर्किन लागेको बताएका थिए। उनी दोहाबाट काठमाडौं आएको हुन्।
विमानस्थलबाटै पक्राउ परे सन्दीप

काठमाडाैं, असाेज २० : बलात्कार आरोप लागेका नेपाली राष्ट्यि क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ परेका छन्। विदेशमा रहँदै गत भदौ २१ गते बलात्कार आरोप लागेपछि सन्दीप आज बिहान मात्र नेपाल फर्किएका थिए।

कतार एयरवेजको विमानबाट बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै सन्दीपलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

आजै सन्दीपले सामाजिक सञ्जालमार्फत आफू स्वदेश फर्किन लागेको बताएका थिए। उनी दोहाबाट काठमाडौं आएको हुन्।

सन्दीपविरुद्ध भदौ २१ मा एक नाबालिकाले आफूलाई एक होटलमा लगेर पटक पटक बलात्कार गरेको आरोपसहित प्रहरीमा टिकानी जाहेरी दिएकी थिइन्।

त्यसपछि सन्दीपविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस पनि जारी गरेको थियो।

 

प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, असोज २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्