Kathmandu Press

भिनिसिय र रोड्रिगाे चम्किँदा रियलको जित, रोकियो पिएसजी

भिनिसिय र रोड्रिगाे चम्किँदा रियलको जित, रोकियो पिएसजी

काठमाडाैं, असाेज २० : च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनिस जाइन्ट रियल मड्रिड विजयी भएको छ। बुधबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सख्तर डोनेस्कमाथि २-१ को जित निकाल्यो।

रियलको जितमा दुई ब्राजिलियन स्टार भिनिसियस जुनियर र रोड्गिोले गोल गर्दा डोनेस्कका अलेक्जेन्डर जुकोभले गोल गरे।

१३औं मिनेटमा रोड्गिोको गोलमा रियल अग्रता लियो। २८औं मिनेटमा रोड्गिोको पासमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। ३९औं मिनेटमा जुकोभले गोल गरेपछि त्यसपछि गोल नहुँदा रियल विजयी भयो

index1665022360.jpg

यसैगरी अर्को खेलमा फ्रेन्च क्लब पिएजी रोकिएको छ। बुधबार राति भएको खेलमा पिएसजी बेन्फिकासँग १-१ को बराबरीमा रोकिएको हो।

२२औं मिनेटमा लियोनल मेसीको गोलमा पिएसजीले अग्रता लियो। तर, ४१औं मिनेटमा डानिलो परेराले आफ्नो पोस्टमा गोल गरेपछि खेल १-१को बराबरीमा सकियो।

प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, असोज २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्