टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै
टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।
काठमाडौं, असोज २० : दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाउने क्रम जारी छ ।
टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ।
देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ।
प्रकाशित मिति: ०७:२५ बजे, बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




