Kathmandu Press

सन्दीप आज स्वदेश फर्किंदै

कतार एयरवेजको विमानबाट बिहान १० बजे नेपाल आइपुग्ने सन्दीपले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।
सन्दीप आज स्वदेश फर्किंदै

काठमाडाैं, असाेज २० : नाबालिग बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । कतार एयरवेजको विमानबाट बिहान १० बजे नेपाल आइपुग्ने सन्दीपले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।

स्वदेश फर्किने बारे नेपाल प्रहरीलाई जानकारी दिइसकेको सन्दीपले उल्लेख गरेका छन्।

सन्दीपविरुद्ध भदौ २१ मा एक नाबालिकाले आफूलाई एक होटलमा लगेर पटक पटक बलात्कार गरेको आरोपसहित प्रहरीमा टिकानी जाहेरी दिएकी थिइन्।

त्यसपछि सन्दीपविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस पनि जारी गरेको थियो ।

प्रकाशित मिति: ०७:२१ बजे, बिहीबार, असोज २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्