Kathmandu Press

यू–१७ एसियन कप छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

बुधबार भएको खेलमा नेपाली टिम थाइल्यान्डसँग ३–० ले पराजित भएको हो।
यू–१७ एसियन कप छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडाैं, असाेज १९ : एएफसी यू–१७ एसियन कप छनोटमा नेपाली युवा टिम पहिलो खेलमै पराजित भएको छ। बुधबार भएको खेलमा नेपाली टिम थाइल्यान्डसँग ३–० ले पराजित भएको हो।

भियतनाममा जारी प्रतियोगितामा नेपालविरुद्ध जित दिलाउन थाइल्यान्डका तोतावानले दुई र थानाक्रितले एक गोल गरे ।

३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लियो । ६५औं मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २–० को अग्रता बनायो । ७८औं मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे ।

समूह ‘एफ’मा रहेको नेपालले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।

प्रकाशित मिति: २१:२८ बजे, बुधबार, असोज १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्