तस्बिरमा राष्ट्रपतिको दसैं
आफूले टीका लगाएपछि राष्ट्रपतिले परिवारका सदस्यलाई टीका लगाइदिएकी थिइन्। त्यसपछि उनले विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन्।
काठमाडाैं, असाेज १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैँको टीका लगाएकी छिन्। उनले राष्ट्पति निवास शीतल निवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन्।
आफूले टीका लगाएपछि राष्ट्रपतिले परिवारका सदस्यलाई टीका लगाइदिएकी थिइन्। त्यसपछि उनले विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन्।
राष्ट्रपतिले दिउँसो २ देखि ३ बजेसम्म व्यवस्थापिका, कार्यपलिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएकी थिइन् भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधरणलाई टीका लगाइ दिएकी थिइन्।
प्रकाशित मिति: १९:०८ बजे, बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)

-1786106234.jpg)