Kathmandu Press

सिट बाँडफाँटलाई अन्तिम रुप दिने गठबन्धनको प्रयास

निर्वाचनको मनोनयन दर्ताको समय नजिकिँदै गएपछि गठबन्धनका शीर्ष नेतहरु निरन्तर छलफलमा छन्। अहिले प्रधानमन्त्री निवास बालुटारमा शीर्ष नेताहरु छलफलमा छन्।
सिट बाँडफाँटलाई अन्तिम रुप दिने गठबन्धनको प्रयास

काठमाडाैं, असाेज १९ : आसन्न संघीय निर्वाचनको प्रत्यक्षतर्फको सिट बाँडफाँटलाई अन्तिम दिने तयारी सत्तारुढ पाँच दलीय गठबन्धनले गरेको छ। सिट बाँडफाँटलाई अन्तिम रुप दिन गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटरमा सुरु भएको छ।

निर्वाचनको मनोनयन दर्ताको समय नजिकिँदै गएपछि गठबन्धनका शीर्ष नेतहरु निरन्तर छलफलमा छन्। अहिले प्रधानमन्त्री निवास बालुटारमा शीर्ष नेताहरु छलफलमा छन्।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि असोज २३ गते बिहान १० देखि साँझ ५ बजेसम्मको समय दिएकोले गठबन्धनका दलहरु भोलि बिहानसम्म सिट बाँडबाँट गर्ने तयारीमा छन्।

गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन । अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५ र माओवादी केन्द्रले ४४ सिट पाउने देखिएको छ । यस्तै एकीकृत समाजवादीले १८, जसपाले १६ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ ।

प्रकाशित मिति: १८:५२ बजे, बुधबार, असोज १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्