भरतपुरमा जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
बुधबार भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मित्रलाल पंगेनीको मृत्यु भएको छ भने उनकी श्रीमती राधा घाइते भएकी छिन्।
चितवन, असोज १९ : चितवनको भरतपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना घाइते भएका छन्।
बुधबार भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मित्रलाल पंगेनीको मृत्यु भएको छ भने उनकी श्रीमती राधा घाइते भएकी छिन्।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्वत महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलालको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घायते भएकी पंगेनीकी श्रीमती ४० वर्षीया राधाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १८:३८ बजे, बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




