Kathmandu Press

एमाले अध्यक्ष ओलीले बालबालिकालाई लगाइदिए दसैंको टीका  

एमाले अध्यक्ष ओलीले बालबालिकालाई लगाइदिए दसैंको टीका  

काठमाडौं, असोज १९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकालाई विजया दशमीको टीका लगाइदिएका छन् । 

अध्यक्ष ओलीले झापाको दमकस्थित आफ्नै निवासमा बालबालिकाहरुलाई टीका लगाइदिएका हुन् । केहीदिनअघि धर्मपत्नी राधिका शाक्यलाई लिएर ओली गृहनगर पुगेका थिए । 

ओलीले दमकमा आफ्ना बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर अन्य सर्बसाधरणलाई पनि लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: १२:१० बजे, बुधबार, असोज १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्