गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं, असोज १९ : सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ३ बजे बैठक बस्ने बताइएको छ ।
मंसिर ४ गते हुन लागेको संघीय निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन आज पनि पाँच दलका शीर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् ।
दुई महिनादेखि निरन्तर छलफल भइरहेपनि सहमति जुट्न सकेको छैन । प्रदेश र प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्रमा सहमति जुट्न सकेको छैन ।
प्रदेश र प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्रमा दोहोरो र तेहेरो दाबी परेका कारण सिट बाँडफाँटको टुंगो लाग्न सकस परेको छ।
एकीकृत समाजवादी र जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाउदै गठबन्धनबाटै बाहिरिने चेतावनी समेत दिएका छन् । गठबन्धनमा एकीकृत समाजवादी र जसपालाई सहमतिमा ल्याउन कांग्रेस र माओवादीले प्रयास गरिरहेका छन् ।
गठबन्धनका शीर्ष नेताहरु असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर आजै सिट बाँडफाँट टुंगोमा पुर्याउने तयारीमा छन् ।

-1786106234.jpg)




-1786106234.jpg)




