Kathmandu Press

राष्ट्रपतिले सर्वसाधारणलाई टिका लगाइदिने, पूर्वराजाले नलगाउने

राष्ट्रपतिले सर्वसाधारणलाई टिका लगाइदिने, पूर्वराजाले नलगाउने

काठमाडाैं, असाेज १९ : यो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंमा सर्वसाधारणलाई टिका लगाइदिने भएकी छिन्।

राष्ट्पति कार्यलयकाअनुसार राष्ट्रपति भण्डारीले भने सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ।

‘टीका र प्रसाद प्रदान कार्यक्रम भन्दै राष्ट्रपति कार्यलयले दुईथरि कार्यक्रम राखेको छ । विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।

तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छ ।

यता, राष्ट्र प्रमुखले दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने राजतन्त्रले चलाए पनि यो पटक पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन्।

बढिरहेको डेंगुलाई कारण देखाउँदै उनले टीका नलगाउने बताएका हुन् । डेंगुकै कारण उनले यो दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने बताएका छन् ।

यो वर्षको दसैंको टीकाको साइत बुधबार बिहान ११ : ५१ मा रहेको छ ।

प्रकाशित मिति: ०८:५६ बजे, बुधबार, असोज १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्