Kathmandu Press

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते 

काठमाडौं, मंसिर २४  :  संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरिएको छ। 
 
राष्ट्रपति विद्यादेवी भण्डार....

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते 
फाइल

काठमाडौं, मंसिर २४  :  संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरिएको छ। 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी हुन्।  राष्ट्रपति कार्यालयका अनुसार संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको हो। 

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। 

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, मंसिर २४, २०७६