निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन् ।
काठमाडाैं, असाेज १८ : आसन्न संघीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। बडादशैं २०७९ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् ।
सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन् । आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताएका छन् ।
प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत गरेका छन् ।

-1786106234.jpg)




-1786106234.jpg)




