लमजुङमा राँगाेकाे मासु अड्किएर एक जनाकाे मृत्यु

काठमाडाैं : लमजुङमा राँगोको मासु खाँदा घाँटीमा अड्किएर एक पुरुषको मृत्यु भएको छ। मासुसहितको ह्याकुला निल्ने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको हाे।
सोमबार अष्टमीको दिउँसो राँगो काटेको र घरमा चौटा खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो।
चिसित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु विकले बताए। प्रहरीका अनुसार मृतकको पोस्टमार्टमपछि मंगलबार परिवारलाई बुझाइएको छ।
सोमबार साँझ चितवन कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको पनि घाँटीमा मासु अड्किएर मृत्यु भएको थियो।

-1786106234.jpg)




-1786106234.jpg)




