Kathmandu Press

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिए।
बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

उदयपुर, असोज १८ : गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिए।

उनको कङ्काल  बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुच्छ्रे सामुदायिक बनमा रुखमा झुन्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएको थियो। 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्