Kathmandu Press

मासु घाँटीमा अड्किएर एकको मृत्यु

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन्। 
मासु घाँटीमा अड्किएर एकको मृत्यु

भरतपुर, असोज १८ : मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन्। 

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो।

उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्