Kathmandu Press

घाइते भए बुमराह, टि २० विश्वकप गुमाउने

घाइते भए बुमराह, टि २० विश्वकप गुमाउने

काठमाडाैं, असाेज १८ : विश्वकै उत्कृष्ट बलरमध्येका एक जस्प्रित बुमराहले यसै महिला अस्ट्ेलियामा हुने टि २० विश्वकप गुमाउने भएका छन्। गत महिना भएको एसिया कप क्रिकेट मार्फत नै चोटमुक्त हुँदै टिममा फर्किएका बुमराह फेरि चोटग्रस्त बनेपछि बुमराहले विश्वकप गुमाउने भएका हुन्।

बुमराहको गम्भीर किसिमको ढाडको समस्याका कारण देखिएको छ। बिसिसिआईका अनुसार उनी ४ देखि ६ महिना मैदान बाहिर रहने छन्।

भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बलर नहुँदा दोस्रो विश्वकप उपाधि जित्ने योजनामा रहेको भारतलाई ठूलो धक्का लागेको छ।

२०१६ मा भारतका लागि डेब्यू गरेका उनी पछिल्लो एक वर्ष भने चोटसँग संघर्ष गरिरहेका छन् । बुमराहको गत मंगलबार अभ्यासका क्रममा ढाडको समस्या बल्झिएको हो ।

यसअघि चोटका कारण भारतका प्रमुख अलराउन्डर रवीन्द्र जडेजाले पनि टी–२० विश्वकप गुमाइसकेका छन् ।

 

प्रकाशित मिति: ०७:१४ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्