Kathmandu Press

गठबन्धनका दलहरू आन्तरिक छलफलमा, सामूहिक बैठक आजै ११ बजे

साेमबार रातिको बैठकमा पनि सिट बाँडफाँडको टुंगो नलागे पछि सुरुमा आन्तरिक बैठक बसेर गठबन्धनको बैठक बस्ने तय भएको थियो ।
गठबन्धनका दलहरू आन्तरिक छलफलमा, सामूहिक बैठक आजै ११ बजे
फाइल तस्बिर ।

काठमाडाैं, असाेज १८ : पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनको बैठकमा सहमति नजुटेपछि दलहरू छुट्टाछुट्टै बैठकमा जुटेका हुन् ।

साेमबारको बैठकमा पनि सिट बाँडफाँडको टुंगो नलागे पछि सुरुमा आन्तरिक बैठक बसेर गठबन्धनको बैठक बस्ने तय भएको थियो । आन्तरिक बैठकपछि गठबन्धनको बैठक बस्नेछ।

गठबन्धनको बैठक ११ बजे बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्