दोलखाका सिडिओ रिजाललाई निलम्बन गर्न गृहलाई अख्तियारको पत्राचार
काठमाडौं, मंसिर २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न गृह मन्त्रालय....
काठमाडौं, मंसिर २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले मंगलबार विज्ञप्ति जारी गरी घुसकाण्डमा मुछिएका सिडिओ रिजाललाई निलम्बन गर्न गृहलाई पत्राचार गरिएको जनाएका छन्। अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोग लागेका उपसचिव रिजालमाथि अनुसनधान भइरहेको पनि अख्तियारले जनाएको छ।
‘पदमा बहाल रहिरहँदा आफूविरुद्धका प्रमाण नष्ट गर्ने वा अनुसन्धानमा बाधा व्यवधान पु¥याउन सक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालयलाई लेखी पठाइएको छ,’ आयोगका प्रवक्ता कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
रिजालले दोलखामा सिडिओका रुपमा कार्यरत रहँदा मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेको थियो। घुस लिएको बाहिरिएपछि गृहले रिजाललाई जिम्मेवारीबाट हटाएर अतिरिक्त कोटामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिसकेको छ।






