Kathmandu Press

बालकोटमा महन्थ र ओलीबीच भेट

एमाले र लोसपाबीचको गठबन्धन धरापमा परेसँगै ठाकुर ओलीलाई भेट्न साेमबार दिउँसाे बालकोट पुगेका थिए।
बालकोटमा महन्थ र ओलीबीच भेट

काठमाडौं, असोज १७ : नेकपा एमाले अध्यक्ष केपी ओली र लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरबीच भेट भएको छ।

सोमबार दिउँसो ओली निवास बालकोटमा दुवै नेताबीच भेट भएको हो। एमाले र लोसपाबीचको गठबन्धन धरापमा परेसँगै ठाकुर ओलीलाई भेट्न बालकोट पुगेका थिए।

एमाले र लोसपाको मत जोड्दा पनि मधेसका ३२ वटै सिटमा पाँच दलीय गठबन्धन नै बलियो देखिएपछि यी दुई पार्टी बीचको तालमेल अप्ठेरोमा परेको थियो।

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, असोज १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्