विज्ञानर्फको नोबेल पुरस्कार पाब्बोलाई
मानव विकासक्रमका सम्बन्धमा गरेको अध्ययनका आधारमा उनलाई नोबल पुरस्कार प्रदान गरिने भएको हो।
काठमाडाैं, असाेज १७ : यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार स्वीडेनको सभान्ते पाब्बोलाई दिइने भएको छ।
मानव विकासक्रमका सम्बन्धमा गरेको अध्ययनका आधारमा उनलाई नोबल पुरस्कार प्रदान गरिने भएको हो।
नोबेल पुस्कार समितिले पाब्बोलाई विलुप्त भइसकेका नेदेरल्याण्डका पूर्वजहरुको जेनेटिक कोड पत्ता लगाएका कारण पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताएको छ ।
उनले यसअघि पनि पहिले कहिल्यै पत्ता नलागेका डेनिसोभन्स पूर्वज पत्ता लगाएका थिए । उनको खोजले पृथ्वीमा मानव विकास कसरी भयो र फैलियो भन्ने सम्बन्धमा नयाँ जानकारी दिएको थियो ।
प्रकाशित मिति: १८:४० बजे, सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




