Kathmandu Press

समानुपातिककाे बन्द सूचीबाट माओवादी केन्द्रले हटायाे उपाध्यक्ष महराकाे नाम

समानुपातिककाे बन्द सूचीबाट माओवादी केन्द्रले हटायाे उपाध्यक्ष महराकाे नाम

काठमाडाैं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिकको बन्द सूचीबाट आफ्नाे नाम हटाएका छन।

मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।

उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए। माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्।

उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए।

उनी ६ पटक मन्त्री र एकपटक सभामुख भएका छन।

महराकी छोरी प्रगति महरा भने लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसद सिफारिस भएकी छन्।

महराले माओवादी केन्द्रको सांस्कृतिक मोर्चामा लामो समय काम गरेकी थिइन्। उनी 'जनयुद्ध'मा समेत भूमिगत थिइन्। महराका दुई छोराछोरीसहित सिंगो परिवार 'जनयुद्ध'मा भूमिगत भएको थियो।

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, असोज १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्