समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभातर्फ ९ र प्रदेशसभातर्फ २० जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडाैं : निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृतमध्ये २९ जनाले उम्मेदवारी फिर्ता लिन आयोगमा निवेदन दिएका हुन्। जसमध्ये ९ जना प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेका छन्।
उनीहरुले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको निर्वाचन आयोगले जनाएकाे छ।
जसमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी फिर्ता लिएकामध्ये प्रदेश १ का ६ जना, मधेशका २, बागमतीका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिएको थियो।

-1786106234.jpg)




-1786106234.jpg)




