Kathmandu Press

महाकाली राजमार्गमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

महाकाली राजमार्गमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय  धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र  नौ वर्षीय जनक थलाल रहेका छन्।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिए।

गोकुलेश्वरबाट देहिमाडाैंतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो ।
महाअष्टमीमा यात्रु आज  देहिमाडौैंस्थित निङ्लासैनी भगवति मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तिब्र गतिका अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । अटोरिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, असोज १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्