साग फुटबल फाइनल : भुटानले नेपालविरूद्ध बराबरी गोल फर्कायो
काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ।
त्रिपुर....
काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल गरेका हुन्। उनले खेलको ३७ औं मिनेटमा गोल गर्न सफल भए।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोली नेपालले लिएको थियो। खेलको १७ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।
प्रकाशित मिति: १५:२१ बजे, मंगलबार, मंसिर २४, २०७६
थप समाचार






