पर्यवेक्षणका लागि सार्कका निर्वाचन आयुक्तलाई निम्तो
निर्वाचन आयोगका अनुसार, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा निम्तो पठाइएको छ।
काठमाडाैं असाेज १७ : निर्वाचन आयोगले आसन्न संघीय निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई निम्तो दिएको छ ।
सार्क मुलुकहरुका निर्वाचन आयोगले निर्वाचनका बेलामा अरु सार्क सदस्य मुलुकका निर्वाचन आयोगमा निम्तो पठाउने प्रचलन छ अनुसार निर्वाचन आयोगले निम्तो दिएको हो।
निर्वाचन आयोगका अनुसार, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा निम्तो पठाइएको छ।
परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सल्लाह अनुसार, तालिबानको सरकार रहेको र आधारभूत लोकतान्त्रिक मूल्यमान्यता समेत नभएका कारण अफगानिस्थानमा निम्तो नपठाउन नै सल्लाह आएको हो ।
निमन्त्रणा अनुसार, सम्बन्धित मुलुकहरूले प्रमुख निर्वाचन आयुक्त वा उनले तोकेको निर्वाचन आयुक्तको नेतृत्वको टोली नै पठाउने प्रचलन छ । उनीहरु काठमाडौं वा वरपरका ठाँउको पर्यवेक्षण गरेर र्फकनेछन् । उनीहरु नेपालमा रहँदा र बस्दा निर्वाचन आयोगले नै आतिथ्यलगायत बसोबासको बन्दोबस्त गर्नेछ ।
निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका लागि ४३ वटा संस्थाहरूलाई पर्यवेक्षणको अनुमतिसमेत दिएको छ । तीमध्ये ३५ वटा राष्ट्रिय संघसंस्था हुन् । दुईवटा अन्तर्राष्ट्रिय संस्था छन् भने बाँकी विभिन्न प्रकृतिका संस्थाहरु छन् ।

-1786106234.jpg)




-1786106234.jpg)




