Kathmandu Press

कोभिडयता कम्पनी दर्ता बढ्यो

सरकारले ल्याएका कतिपय छूट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारण समेत यस्तो ट्रेण्ड देखिएको हो ।
कोभिडयता कम्पनी दर्ता बढ्यो

काठमाडौं, असोज १७ : कोरोना भाइरसको महामारीयता कम्पनी दर्ता गर्ने क्रम बढेको पाइएको छ । कम्पनी रजिष्टारको कार्यालयको तथ्यांक अनुसार कोभिड महामारी यता कम्पनी दर्ता गर्ने क्रम बढेको हो ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएका छन् । सरकारले ल्याएका कतिपय छूट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारण समेत यस्तो ट्रेण्ड देखिएको हो ।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९।३ प्रतिशतले धेरै हो । सो आवमा २६ हजार ४९८ वटा कम्पनी दर्ता भएका थिए । उता, आर्थिक वर्ष २०७६र७७ मा १८ हजार ६२८ वटा कम्पनी दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।

तथ्यांक अनुसार कोभिड महामारीपछि कम्पनी दर्ताको बाढी देखिएको हो ।  आव २०७६/७७ को तुलनामा आव २०७७र७८ मा कम्पनी दर्ता ४२.२ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालमा प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा एक जनादेखि बढीमा १०१ जनासम्म र पब्लिक लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा ७ जना संस्थापक सेयरधनी रहनु पर्ने प्रावधान छ ।

 

प्रकाशित मिति: ११:२० बजे, सोमबार, असोज १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्