Kathmandu Press

हेटौंडामा बस दुर्घटना, २ जनाको मृत्यु ३६ घाइते

काठमाडौंबाट झापाको गौरीगंज जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक नालीमा खसेको छ ।
हेटौंडामा बस दुर्घटना, २ जनाको मृत्यु ३६ घाइते

हेटौंडा, १७ असोज: मकवानपुर जिल्लाको हेटौंडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाको गौरीगंज जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक नालीमा खसेको छ।

Hardik ivf

दुर्घटनामा बसमा सवार झापाको दमक -५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ का अन्दाजी ५१ वर्षीया कल्पना राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएकामध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने थप उपचारका लागि तीन जनालाई भरतपुर, २ जनालाई काठमाडौं  पठाइएको र एक जनाको हेटौंडामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १०:०४ बजे, सोमबार, असोज १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्