मनास्लु हिमालमा पुनः हिमपहिराे, एक जना बेपत्ता

काठमाडाैं : मनास्लु हिमालमा पुन हिमपहिराे गएकाे छ। आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविर बीचमा पहिरो जाँदा एक जना बेपत्ता भएका छन।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिमपहिरोमा परि सेभेनसमिट ट्रेक्स कम्पनीका एक शेर्पा बेपक्ता भएा छन। उनको पहिचान खुल्न सकेको छैन ।
बेपत्ताको खोजीका लागि आइतबार दिउँसोदेखि नै सिम्रिक एयरको हेलिकाेप्टर परिचालन गरिएको छ।
गत सोमबार बिहान पनि मनास्लु हिमालमा हिमपहिराे गएकाे थियाे। जसमा एक जनाकाे मृत्यु हुनुका साथै १० जनाकाे उद्दार गरिएकाे थियाे।
प्रकाशित मिति: २०:२५ बजे, आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




