Kathmandu Press

दसैं घरमा भित्र्याइयो फुलपाती

दसैं घरमा भित्र्याइयो फुलपाती

काठमाडौं, असोज १६ : काठमाडौंस्थित दसैं घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट ल्याइएको पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले आइतबार साँझ दसैं घरमा भित्र्याएका हुन् ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो ।

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्