Kathmandu Press

एमालेले दसैंपछि मात्रै टिकट वितरण गर्ने

अध्यक्ष केपी ओली टीकाको दिनसम्म झापा रहने भएकाले एमालेको टिकछ वितरण दशैंपछि मात्रै हुने भएको हो।
एमालेले दसैंपछि मात्रै टिकट वितरण गर्ने

काठमाडौं, असोज १६ : नेकपा एमालले आसन्न संघीय निर्वाचनको टिकट वितरण दसैंपछि मात्रै गर्ने भएको छ। अध्यक्ष केपी ओली टीकाको दिनसम्म झापा रहने भएकाले एमालेको टिकछ वितरण दशैंपछि मात्रै हुने भएको हो।

अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम छ ।

 अध्यक्षसहित नेताहरु नै गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दशैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने बताइएको छ।

गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको छ ।

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्