Kathmandu Press

निर्वचान क्षेत्र बाँडफाँटमा चित्त नबुझे गठबन्धनबाट बाहिरिने जसपाकाे चेतावनी

निर्वचान क्षेत्र बाँडफाँटमा चित्त नबुझे गठबन्धनबाट बाहिरिने जसपाकाे चेतावनी

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन क्षेत्र बाँडफाँटबारे सत्ता गठबन्धनका नेताहरूको बैठकमा थाेरै सिट दिएमा गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको बताए।

यादवले त्यस्तो अवस्थामा आफुहरू गठबन्धनबाट बाहिरिन बाध्य हुने बताएका थिए।

'उहाँको संकेत हेर्दा गठबन्धनमा बस्न कठिन हुने देखिन्छ। हामी फेरि भोली बस्छौं,' बैठकमा सहभागी एक नेताले भने, 'उहाँहरूले कम्तिमा २२ सिट चाहियो भन्नुभएको छ।'

गठबन्धनको तर्फबाट जसपालाई १६ क्षेत्र दिने सहमति भएको बताइएको छ। जसपाको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले निर्वाचनमा तालमेलका लागि खुला रहेको निर्णय गरेको थियो।

गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई थोरै निर्वाचन क्षेत्र मान्य नहुने बताएका थिए।

गठबन्धनको बैठक भोली पनि बस्दैछ।

प्रकाशित मिति: १८:०३ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्