Kathmandu Press

मिस नेपाल अनुष्का श्रेष्ठ ‘हेड टु हेड’को दोस्रो चरणमा

काठमाडौं, मंसिर २४ : मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ समूह विजेता हुँदै ‘हेड टु हेड’ च्यालेन्जको दोस्रो चरण पर्न सफल भएकी छन्।

....
मिस नेपाल अनुष्का श्रेष्ठ ‘हेड टु हेड’को दोस्रो चरणमा

काठमाडौं, मंसिर २४ : मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ समूह विजेता हुँदै ‘हेड टु हेड’ च्यालेन्जको दोस्रो चरण पर्न सफल भएकी छन्।

लन्डनमा आयोजित मिस वल्र्ड–२०१९ को ६९औं संस्करणमा उनले नेपालको प्रतिनिधित्व गरिरहेकी छिन्। यो समूहमा उनले पोल्यान्डकी मिलेना सोडोस्का, जिल्ब्राल्टारकी सेलिन बोलानोस, तान्जानियाकी सिल्भिया सेबास्तियन, मेक्सिकोकी एस्ले एल्भीड्रेज, आइल्यान्डकी जेसी प्याट्रिकलाई पछि पार्दै दोस्रो चरणमा पुगेकी हुन्।

‘हेड टु हेड’ च्यालेन्जको अन्तिम प्रतिष्पर्धामा आज उनी इन्डोनेसियाकी सुन्दरीसँग भिड्दै छिन्। उनले यस च्यालेन्जलाई पनि जितेमा शीर्ष ४० मा पुग्नेछिन्।

‘हेड टु हेड’को पहिलो चरणमा जित हासिल गरेसँगै उनले सबैलाई धन्यवाद दिएकी छन्। उनले इन्स्टाग्राममा स्टोरी राख्दै भनेकी छन्, ‘यो सबै तपाईहरुको भोटले गर्दा सम्भव भएको हो तर यो अझै पनि समाप्त भएको छैन।’ उनले सबैलाई भोटका लागि आग्रह गरेकी छन्।

गत वर्ष पनि मिस नेपाल श्रृंखला खतिवडा पनि ‘हेड टु हेड’को दोस्रो चरणमा पुगेकी थिइन्।

 

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, मंसिर २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्