Kathmandu Press

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा एक सय २७ को मृत्यु

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा एक सय २७ को मृत्यु

जाकार्ता : इन्डोनेसियामा जारी रहेको एक फुटबल खेलका क्रममा भएको हिंसामा परेर कम्तीमा पनि एक सय २७ जनाको ज्यान गएको छ। खेल हेर्न गएका खेलका पक्षधरहरुका बीचमा भएको हिंसामा परेर ती व्यक्तिको ज्यान गएको एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन्।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको मलाङ भन्ने स्थानमा भएको सो खेलका क्रममा सो खेलका समर्थकहरुका बीचमा हिंसा भड्किएको थियो। हिंसामा परेर एक सय २७ जनाको ज्यान गएको र अरु कैयौँ घाइते पनि भएका सो समाचारमा जनाइएको छ।

Hardik ivf

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए। त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो। भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए। त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो। धेरै जसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्