Kathmandu Press

उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र

हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाडाँैमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन्।
उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र

कोहलपुर, असोज १६ : हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकेका छैनन्। उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन्।

हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाडाँैमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन्।

हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ। समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन्। 

हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन्। विमान कम्पनीका कर्मचारी टिकट पहिलानै प्याक भइसकेको जवाफ दिँदै आएका छन्। एक यात्रुले आक्रोश पोख्दै भने, “भनसुन गर्नसक्ने उडे, हामी फर्कन बाध्य भयौँ।’

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा उपलब्ध छैन। नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ। सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ।

निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती व्यहोर्नु परिरहेको यात्रुहरु बताउँछन्।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्